Tuesday, July 27, 2021

कञ्चनपुरबाट कोभिड निमोनियाका गम्भिर बिरामीलाई काठमाडौँ लगियो (भिडिओ)

महेन्द्रनगर ।
महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका एक बिरामीलाई काठमाडौँ रेफर गरिएको छ ।

ती बिरामीलाई शनिवार हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

भीमदत्त नगरपालिका–३ का ४३ वर्षीय राम सिंह चौधरीलाई महाकाली अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले बताए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भए पछि उपचारका लागि महाकाली अस्पताल भर्ना भएका उनको पछिल्लो पटक कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

‘कोरोना रिपोर्ट नगेटिभ आएको थियो । तर सिटि स्क्यान गर्दा फोक्सोमा दाग देखिएको छ ।’ डा. रोकायाले भने, ‘कोभिड निमोनियाले अवस्था जटिल भए पछि रेफर गरिएको हो ।’

भिडिओ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares