Monday, July 26, 2021

साईप्रसमा विद्यार्थी रमिता चन्दद्धारा विपन्न समुदायका आर्थिक सहयोग संकलन

महेन्द्रनगर ।

कोरोना महामारीका कारण मारमा परेका विपन्न समुदायका लागि साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरेका छिन् । संकलित आर्थिक सहयोग नेपालका विभिन्न सहरमा बस्ने विपन्न परिवारका लागि पठाइएको हो ।

उनले नेपालगन्जमा समाजसेबी अम्बिका काफ्ले मार्फत ४० हजार, काठमाडौको त्रिभुवन विश्वविद्यालयमा हेमराज थापा मार्फत ३४ हजार र धनगढीमा विद्यार्थी विष्णु मल्ल मार्फत ३० हजार पठाईएको बताइन् ।

आफु विद्यार्थी भिषामा साईप्रस आएर सानो आग्रहलाई सम्पुर्ण साईप्रसमा रहनुभएका अग्रजहरुले साथ दिएकोमा धन्यबाद समेत ब्यक्त गरेकी छिन ।

विद्यार्थी रमिताले स्वदेशमा आपत परेको बेला आफुहरुको मन दुखि रहेको भन्दै यस्तो अभियान संचालन गरेको र आफुलाई साथ दिने विद्यार्थीहरु आर्दश देव , रामसुन्दर यादव लगाएत सबै सहयोगहरुलाई विशेष धन्यबाद दिएकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares