Monday, July 26, 2021

बेदकोटका मेयर चन्दले बलात्कृत युवती र उनको परिवारलाई भेटे

महेन्द्रनगर ।
सामूहिक बलात्कारको शिकार भएकी कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया युवतीलाई भेट्न नगर प्रमुख अशोक कुमार चन्द उनको घर पुगेका छन् ।

शुक्रवार मेयर चन्द बलात्कृत युवतीको घर पुगेको उनको स्वास्थ्य अवस्था तथा घटनाका बारेमा परिवारसंग कुराकानी गरेका हुन ।

मेयर चन्दले फरार आरोपीलाई नियन्त्रणमा लिएर घटनाको सत्य, तथ्य छानविन गरी दोषी माथी कारबाहीको माग गरेका छन् ।

बिहिवार नसालु पदार्थ सेवन गराएर घर नजिकैको नर्सरीमा सोही गाउँकै दुई जनाले युवतमाथी बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बलात्कार आरोपीमध्ये एक बेदकोट नगरपालिका–६ ओझाखालीका २२ वर्षीय धन बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरमपुरका अर्का एक जना फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares