Wednesday, September 22, 2021

अमेरिका बस्ने नेपालीले कञ्चनपुर पठाए स्वास्थ्य सामाग्री

महेन्द्रनगर ।
अमेरिकामा काम गर्ने कञ्चनपुरका मानिसले गृह जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरबाट बच्न महाकाली अस्पताल र जिमुवा स्वास्थ्य चौकीका लागि उनीहरुले रकम संकलन गरेर स्वास्थ्य सामाग्री पठाएका हुन ।

भीमदत्त नगरपालिका–१० का हरिसिंह विष्ट र मोहन सिंह विष्टको पहल तथा नागरिक सरोकार समूहको संयोजनमा अमेरिका बस्ने सुदूरपश्चिमेलीहरुले स्वास्थ्य सामाग्री पठाएको नागरिक सरोकार समूह कञ्चनपुरका सदस्य उत्तम विष्टले बताए ।

‘अमेरिकामा बस्ने कञ्चनपुरका मनकारी व्यक्तिहरुले रकम संकलन गरेर स्वास्थ्य सामाग्री पठाएका छन् । ती सामाग्री केही दिनमा यहाँ पुग्छन् ।’ उनले भने, ‘त्यस पछि अस्पताललाई हस्तान्तरण गरिन्छ ।’

पिपिई, मास्क, सेनिटाइजर, फेस सिल्ड, अक्सिजन कन्सेन्टेटर लगायतका ८ लाख ५० हजार रकम बराबरको स्वास्थ्य सामाग्री महाकाली अस्पताल र जिमुवा स्वास्थ्य चौकीका लागि आएको हो ।

‘कोरोना कहरले गर्दा हाम्रो ठाउँ रुदा हामीले मन थाम्न सकेनौँ । त्यसैले थोरै भए पनि आफ्नो तर्फबाट गर्न सकिने सहयोग गरेका छौँ ।’ अमेरिकामा काम गर्ने कञ्चनपुरका प्रकाश पाण्डेयले भने ।

यस्तै कञ्चनपुर घर भई अमेरिकामा बस्ने मानिसहरुले रौटेलास्थित वृद्धाश्रममा ४० हजार बराबरको खाद्यन्न समेत सहयोग गरेका छन् ।

 

No description available.

No description available.

No description available.

 

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय