Wednesday, September 22, 2021

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सनटेटर सहयोग

महेन्द्रनगर ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सनटेटर सहयोग भएको छ ।

दोधारा–चाँदनी नगरपालिका–२ का बाशुदेव भट्ट, विराज भट्ट, गणेश भट्ट र अमर भट्ट चार दाईभाईले संयुक्त रुपमा स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सनटेटर सहयोग गरेका हुन ।

अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेकोले संक्रमितको उपचारमा सहजताका लागि कन्सनटेटर सहयोग गरिएको विराज भट्टले बताए ।

अक्सिजन कन्सनटेटरले कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने स्वास्थ्य केन्द्रका प्रमुख डा. गगन चौधरीले बताए । ७ लिटरको अक्सिजन कन्सनटेटर सोमवार विराज भट्टले अस्पतालका प्रमुख चौधरीलाई हस्तान्तरण गरेका थिए ।

दोधारा–चाँदनी नगरपालिकाका अहिलेसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले स्वास्थ्य केन्द्रका १३ जना कोरोकाका बिरामी उपचाररत रहेका छन् ।

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय