Wednesday, September 22, 2021

लकडाउनमा युट्युबमार्फत अध्यापन

महेन्द्रनगर ।
कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि देशभर निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाका कारण शैक्षिक संस्था पनि ठप्प छन् । विद्यालयमा भौतिक रुपमा उपस्थित भएर अध्ययन–अध्यापन गराउन नसकिने अवस्था सृजना भएको छ ।

निषेधाज्ञाले विद्यालय ठप्प भएसंगै कञ्चनपुरका एक शिक्षकले युट्युबबाट पठनपाठन सुरु गरेका छन् ।

बेदकोट नगरपालिकाको सुडास्थित ज्ञान बाटिका सेकेन्डरी स्कुलमा कार्यरत गणित शिक्षक धर्मानन्द जोशीले कक्षा ८, ९ र १० को गणित विषय युट्युबमार्फत अध्यापन गराइरहेको जनाएका छन् ।


महामारीमा स्कुल बन्द हुदा बालबालिकाको पढाई निकै प्रभावित भएकाले प्रविधिको प्रयोग गरेर अध्यापन गराउन थालिएको उनी बताउँछन् ।

‘डिएन एजुकेसन फर अल’ नामक युट्युब च्यानलमा गणित विषयका श्रव्य, दृश्य सामाग्री उपलब्ध छन् ।

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय