Wednesday, September 22, 2021

बैतडीमा चरेश सहित दुई जना पक्राउ

महेन्द्रनगर ।
प्रहरीले बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरबाट चरेश सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुर्नया नगरपालिका–५ का ३१ वर्षीय सुरेश बिष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

उनका अनुसार सु.प.प्र.०४००१ प ००१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बिष्टको साथबाट सात सय ग्राम चरेश बरामद गरिएको हो ।

बिष्टमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय