Wednesday, September 22, 2021

मनकारी वडाध्यक्ष आसेफ कुँवरः महाकाली अस्पताललाई ५० थान अक्सिजन सहयोग

महेन्द्रनगर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले महाकाली अस्पताललाई ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।

बिहिवार वडाध्यक्ष कुँवर र गरिमा विकास बैंकका म्यानेजर राजन अवस्थीले संयुक्त रुपमा अस्पताललाई अक्सिजन सहयोग गरेका हुन । महाकाली अस्पतालमा अक्सिजन आपूर्ति र कोभिड–१९ बाट संक्रमित बिरामीहरूको उपचारमा सहजताका लागि अक्सिजन सहयोग गरेको वडाध्यक्ष कुँवरले बताए ।

पछिल्लो समय महाकाली अस्पतालमा कोभिड संक्रमितहरुले अक्सिजनको अभावमा अकालमै मृत्यु बरण गर्न बाध्य भएको अवस्थामा मानविय नाताले आफनो क्षेत्रमा परेको महामारीमा गर्नुपर्ने मानविय धर्म भएकोले सहयोग गरिएको उनले बताए ।

अक्सिजनको आपुर्ती निरन्तर चलिरहने पनि अध्यक्ष कुँवरले बताए । अध्यक्ष कुँवरले आफुले पाउने नेपाल सरकारको तलब भत्ता सबै बृद्धबृद्धालाई बाडने गरेका छन् ।

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय