Saturday, June 19, 2021

बैतडी जिप दुर्घटनाः मृतक संख्या ६ पुग्यो

महेन्द्रनगर ।
मंगलवार दिउँसो बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा परी घाइते भएका पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलका ५० वर्षीय खेम सिंह भण्डारीको मृत्यु भएको वडा सदस्य कृष्ण सिंह भण्डारीले जानकारी दिए ।

चट्याङ्ग लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर जिल्ला सदरमुकाम आइरहेको से १ ज १८३ नम्बर जिप दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा ५० वर्षीय जीत सिंह भण्डारी, ३० वर्षीय डम्बर सिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक २४ वर्षीय तेज बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार जिप चालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक चालक दशरथचन्द नगरपालिकाका हुन भने अन्य सबै रोडीदेवलका हुन । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।

घाइते हुने सोही ठाउँका ३५ बर्षीय मोहनसिंह भण्डारी, ३० बर्षीय हरिसिंह भण्डारी, २८ बर्षीय मदनसिंह भण्डार र २४ बर्षीय दिलिपसिंह भण्डारी रहेका छन् । जिप सडकबाट करीब ५ सय मिटर तल खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो...

लोकप्रिय

Shares