Saturday, June 19, 2021

कञ्चनपुरमा लकडाउन कडा पारिने, अवधि पनि थपियो

महेन्द्रनगर ।

कञ्चनपुरमा एक साता लकडाउन थपिएको छ ।

यस अघि बैशाख १६ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना संक्रमणलार्ई मध्यनजर गर्दै बैशाख २२ गते राती १२ बजसम्म निषेधज्ञा जारी गरेको थियो ।

कोरोना महामारीको दोस्रो लहर न्यूनिकरण तथा रोकथामका लागि प्रशासनले निषेधाज्ञा एक साता थपेको हो ।

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएको भन्दै बैशाख ३१ गतेसम्मलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

यस्तै लकडाउन थप कडा पारिने प्रशासनको दाबी छ । सोमवार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन कडा पारिने उल्लेख गरेका थिए ।

यस्तो छ प्रशासनको आदेश

May be an image of text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो...

लोकप्रिय

Shares