Saturday, June 19, 2021

कञ्चनपुरका चार संक्रमितको मृत्यु

महेन्द्रनगर ।
पछिल्लो २४ घण्टाको अवधिमा कञ्चनपुरका चार जना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिला संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले बताए ।

उनका अनुसार होम आइसोलेसनमा रहेका भीनपा–१८ का पुरुष संक्रमितको पनि मृत्यु भएको छ ।

यस्तै कञ्चनपुरको दोधारा–चाँदनीका ३४ वर्षीय पुरुष संक्रमितको उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ ।

शुक्रवार कोरोना संक्रमण पुष्टि भए पछि उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ । ती मृतक संक्रमितको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो...

लोकप्रिय

Shares