Wednesday, October 20, 2021

नेपालको लगातार दोस्रो जित, मलेसिया ९ विकेटले पराजित

काठमाडौं ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय २ रनको साझेदारी गरे । शेख ४२ रनमा आउट भए । भुर्तेलले ४१ बलमा ५ छक्का र ३ चौकासहित ६१ रनको नटआउट पारी खेले ।

मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका भुर्तेल टी–२० मा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

राम्रो सुरुवात गरेको मलेसियाका सायद आजिजले २७, शर्विन मुनिआन्डी २० तथा सफिक सरिफले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल र शाहाब आलमले एक–एक विकेट लिए ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय