Friday, May 7, 2021

जनज्योति क्याम्पसद्धारा रक्तदान कार्यक्रम आयोजना, १२ जनाले गरे रगत दान

महेन्द्रनगर ।
महेन्द्रनगरको जनज्योति बहुमुखि क्याम्पसले नव वर्षको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रेडक्रसको सहकार्यमा नव वर्षको पूर्व सन्ध्यामा सोमवार क्याम्पसमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम आयोजना गरिएको जनज्योति बहुमुखि क्याम्पसका सहायक प्रमुख उमेश भण्डारीले बताए । उनका अनुसार १२ जना विद्यार्थी तथा क्याम्पसका कर्मचारीले रक्तदान गरेका छन् ।

टिकेन्द्र मल्ल, कमला जोशी, निरज खड्का, इसु नायक, पुनम चन्द, प्रकाश साउँद्य, सरोज भण्डारी, भिक्की भाट, गीता पन्त, आशा बि।क।, माया भण्डारी र सुनिल गिरीले रक्तदान गरेका थिए । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका नव वर्षको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख प्रकाश दत्त जोशीको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै जनज्योति बहुमुखि क्याम्पसका सहायक प्रमुख भण्डारी र पूर्व सहायक प्रमुख विरेन्द्र साउँदले नव वर्षको शुभकामना व्यक्त गरेका थिए । क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक÷शिक्षिका लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या ६० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका दुई र दोधारा–चाँदनी नगरपालिकाका एक संक्रमितको...

लोकप्रिय

Shares