Tuesday, July 27, 2021

नेपाली कांग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको आह्वानमा आज दिउँसो बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ ।

पार्टी कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन ।

आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । यसकासाथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४औं महाधिवेशन बारे पनि छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares