Monday, July 26, 2021

विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुराँ, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएको छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ । हिजो मात्र ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares