Sunday, April 18, 2021

विप्लव–प्रकाण्ड सहितका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् ।

विप्लवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ भने त्यसपछि उनी राष्ट्रियसभा गृहमा औपचारिक रुपमा सार्वजनिक हुनेछन् । विप्लव औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।

राष्ट्रियसभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares