Wednesday, October 20, 2021

सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं ।
काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा मा आज दुई खेलहरु हुँदैछन ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल अपरान्ह १२ः१५ मा सुरु हुनेछ ।

आज सातदोबाटो बाँसबारीलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ । तर, बलियो बाँसबारीविरुद्ध सातदोबाटोलाई जित निकाल्न सहज हुने छैन ।

सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । त्यस्तै बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ । त्यसैगरी अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।

मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । मध्यपुर ८ खेलमा ७ अंक जोडेर १०औं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय