Sunday, April 18, 2021

बर्दिया राष्ट्रिय निकुञ्जको बाघले लियो, भैंसी चराउन गएका लालबहादुरको ज्यान

काठमाडौं ।
भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला परेको छ । सोमबारदेखि हराइरहेका उनको शव जंगलमा फेला परेको हो।

भैंसी गोठाला गएका उनलाई बाघले आक्रमण गरेको आशंकामा खोजी गरिएको थियो । राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार बाघले घाँटी र कम्मरलगायत शरीरका अंगमा चिथोरेको अवस्थामा शव फेला परेको थियो ।

‘बाघले आक्रमण गरेर मारेको अवस्थामा शव फेला प¥यो,’ उनले सेतोपाटीसँग भने, ‘हात्तीसहित निकुञ्जका टोलीले खोजी गर्दा भैंसी चराएको ठाउँ नजिकै शव फेला परेको हो।’ शवलाई पोस्टमार्टमका लागि लगिएको उनले बताए। राजापुर वडा नम्बर १० का चौधरी भैंसी चराउन गेरूवा गाउँपालिका वडा नम्बर ६ स्थित बाझपुर गेरूवा पुगेका थिए ।

वडाध्यक्ष थारूका अनुसार कर्णाली नदीको टापुमा भैंसी चराउँदै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो। उनको शव सोमबार साँझ नै फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares