Saturday, March 6, 2021

विद्यार्थी कुट्ने बैजनाथ सिद्धनाथ माविका प्रधानाध्यापक पक्राउ, विद्यालयमा तनाव!

महेन्द्रनगर ।
विद्यार्थीमाथी कुटपिट गर्ने भीमदत्त नगरपालिका–९ मटेनाको बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्ट पक्राउ परेका छन् ।

सोमवार प्रधानाध्यापक बिष्टले खेल नखेलेको भन्दै कक्षा ९ मा अध्ययरत मनिषा नाथमाथी लाठी प्रहार गरेर घाइते बनाएका थिए ।

पीडितको उजुरी पछि अनुसन्धानका लागि प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए । शिक्षकको कुटाईबाट घाइते भएकी छात्रा अहिले महाकाली अस्पतालमा उपचाररत छिन् । उनको टाउकोमा चोट लागेको छ ।

प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिए पछि मंगलवार विद्यालयमा तनावको अवस्था सृजना भएको छ । बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयको प्रवेशद्धारमा विद्यालय प्रशासनले लगाएकोे ताला विद्यार्थीले तोडेका छन् ।

यो पनिः कञ्चनपुरमा खेल नखेलेको भन्दै प्रधानाध्यापकद्धारा छात्रामाथी निर्घात कुटपिट (भिडियो)

‘हामीले विद्यालय पुग्दा गेटमा ताला थियो । पढाई सुचारु गर्न प्रशासन र कार्यालय सहयोगीलाई विद्यालय खोल्न भन्यौँ । तर उहाँहरुले चाबी नभएको भन्दै विद्यालय खोल्न मान्नु भएन ।’ एक विद्यार्थीले भने, ‘अहिले ताला फोडेर कक्षा लिन विद्यालयभित्र पुगेका छौँ । तर पढाउनका लागि शिक्षकहरु मानिरहेका छैनन् ।’

विद्यार्थीमाथी निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने विद्यार्थीहरुको माग छ । विद्यालयको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिन त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares