Saturday, March 6, 2021

प्रधानमन्त्रीको भाषण सुनेर फर्किरहेका कार्यकर्ताद्वारा बस तोडफोड

धनगढी ।
कञ्चनपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर फर्किरहेका कार्यकर्ताले बसमाथि तोडफोड गरेका छन् ।

जिल्लाको बेलौरी नगरपालिकामा गएराति दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमबाट प्रधानमन्त्री ओलीको भाषण सुनेर फर्किने क्रममा बसमाथि तोडफोड भएको बताइएको छ ।

तोडफोड गर्नेहरु नेकपाका कार्यकर्ता रहेको बताइएपनि प्रहरीले भने पहिचान खुल्न नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बस चालकले गन्तव्य सम्म पुगाउन जान नमानेको भन्दै तोडफोड गरेको बुझिएको बताए ।

उनकाअनुसार तोडफोडबाट ना ३ च ७७४३ नम्बरको बस र सुपप्र ख ९६२ नम्बरको बसका सिसा फुटेका छन्। उनीहरुले चालकको नगद २० हजार पनि लुटेर लगेको बुझिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्विर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares