Saturday, March 6, 2021

कञ्चनपुरमा खेल नखेलेको भन्दै प्रधानाध्यापकद्धारा छात्रामाथी निर्घात कुटपिट (भिडियो)

महेन्द्रनगर ।
कञ्चनपुरमा शिक्षकको कुटाईबाट सोमवार दिउँसो एक छात्रा घाइते भएकी छन् ।

भीमदत्त नगरपालिका–९ मटेनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्टको कुटाईबाट कक्षा ९ मा अध्ययरत १५ वर्षीया मनिषा नाथ घाइते भएकी हुन ।

खेल नखेलेको भन्दै प्रधानाध्यापक बिष्टले टाउकोमा लाठी प्रहार गरी निर्घात कुटपिट गरेको छात्रा मनिषा नाथले बताइन ।

‘सर नआएर पिरियड खाली थियो । हेडसर आएर कबड्डी खेल भन्नु भयो । मलाई खेल्न नआउने भएकाले म खेल्न बाहिर गइन ।’ मनिषाले भनिन्, ‘त्यस पछि सरले एक्कासी डण्डाले टाउको पिट्न थाल्नु भयो ।’

शिक्षकको कुटाईबाट घाइते छात्रालाई अहिले उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

‘स्कुलबाट साथीहरुसंग रुदै रुदै मनिषा घर आइन । घर पुगे पछि त बिहोस नै भइन । त्यस पछि आतिएर अस्पताल ल्याएका छौँ ।’ मनिषाकी जेठी आमा कलावती नाथले भनिन् ।

कुटाईबाट घाइते मनिषा अहिले भने होसमा आएकी छन् । उता विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्ट अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल खेल्न छात्राले इन्कार गरे पछि सजाय दिएको बताए ।

‘कक्षामा शिक्षक नभएकाले बाहिर कबड्डी खेल भइरहेको थियो । ती छात्राले खेल नमाने पछि सजाय दिएको हुँ । कुटेको हुँ ।’ उनले भने ।

भिडियो

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares