Saturday, March 6, 2021

डडेल्धुरामा २ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

धनगढी ।
डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गन्यापधुरा गाउँपालिका(४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares