Saturday, March 6, 2021

प्रधानमन्त्रीसंग भेटे पछि भीनपाका मेयर विष्ट नेकपा कञ्चनपुरको सचिव बने

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट ओली पक्षिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरको सचिवमा चयन भएका छन् ।

लामो समय तटस्थ बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका मेयर विष्टले जिल्लाको सचिवको जिम्मेवारी पाएका हुन ।

मेयर विष्टलाई शनिवार नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले औपचारिक कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

यो पनिः मेयर सुरेन्द्र विष्ट प्रधानमन्त्री ओलीतिर

५ पुसमा प्रतिनिधि सभा संसद विघटन पछि तटस्थ रहेका मेयर विष्ट केही दिन अगाडि नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसंग भेटघाट गरेर उनको कित्तामा उभिएका थिए ।

तत्कालीन एमाले कञ्चनपुरको सचिव रहेका मेयर विष्ट नेकपाभित्र बलियो संगठन भएका नेताका रुपमा हेरिन्छन् ।

May be an image of 4 people, people standing and indoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares