कञ्चनपुर ।
प्रलोभनमा पारेर लगाई फकाई भारततर्फ भगाएर लैजादै गरेका महिलालाई सीमा नाका डोकेबजारबाट उद्धार गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने वर्ष ३५ का रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारको श्रीमती सिता लुहार (३२ वर्षीय) लाई ललाफकाई भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए ।
उनका अनुसार उद्धार गरिएका महिला सहित डगौरालाई आवश्यक कार्वाहीका लागि प्रहरी चौकी त्रिनगरमा बुझाइएको छ ।
सीमा क्षेत्रबाट लागुऔषधसहित पक्राउ
पुर्नवास नगरपालिका–४ कार्गिलडाँडा स्थित नेपाल(भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गएराति एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने वर्ष ३० का सद्दाम मिया रहेका छन ।
मियाले चलाएको से ४ प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।
पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुन वस्तीमा बुझाइएको छ ।