Saturday, March 6, 2021

बझाङमा पुलको सामान ओसार्ने क्रममा लडेर चार जना घाइते

बझाङ ।
बझाङको पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसार्ने क्रममा पुलबाट चिप्लिएर खस्दा चार घाइते भएका छन् ।

घाइते हुनेमा बारा जिल्ला सिमरा जितपुर नगरपालिका–११ बस्ने वर्ष २० का उदय चौधरी, सोही ठाउँका वर्ष २४ का देवानन्द चौधरी, जीतपुर नगरपालिका वडा नम्बर १३ का वर्ष २४ का वसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका–९ बस्ने वर्ष २१ का दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

देवानन्द चौधरी र वसन्त चौधरीको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगडी पठाइएको र अन्य दुईको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दीप ओखेडाले बताए ।

बझाङको सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेतिपारिका अन्य गाउँपालिकालाई जोड्नका लागि निर्माण भइरहेको पानकोटको मोटरेबल पुल निर्माणमा प्रयोग हुने चैन तथा अन्य कच्चा पदार्थ ओसारपसार गर्दा आज दिउँसो उनीहरू चिप्लिएर घाइते भएको निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् । पुल निर्माणको काम भने अन्तिम चरणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares