Saturday, March 6, 2021

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर ।
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ पुनरवास नगरपालिका वडा नम्बर ११ अमरबस्तीको हुलाकी सडकमा मोटरसाइकलले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–१९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको हो ।

उनलाई धनगढी वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

ठक्कर दिने कुरेसीलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares