काठमाडौँ ।
झापामा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।
भद्रपुरकी २२ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय ससुरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
महिलाले आफ्नै ससुराले बलात्कार गरेको भन्दै कार्यालयमा उजुरी दिएपछि ससुरालाई पक्राउ गरेको उनले बताए । उनका अनुसार ससुराले गत बिहीबार राति बलात्कार गरेका थिए। प्रहरीले उनलाई सोमबार पक्राउ गरेको डिएसपी थापाले बताए ।
उनीमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।