महेन्द्रनगर ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा महोत्सव लगाउन लागिएको हो।
नगरपालिकाकी उपमेयर सुशीला चन्द सिंह अध्यक्षताको समितिले महोत्सव गर्नेबारे सरोकारवालासँग छलफल गरिसकेको छ। महोत्सव फागुन ९ गतेदेखि शुरू हुनेछ ।
महोत्सव एक सातासम्म संचालन हुने नगर पर्यटन विकास समितिका उपाध्यक्ष कर्णबहादुर चन्दले जानकारी गराए। पर्यटन विकास र रोजगारीमा टेवा पुग्ने पर्याप्त सम्भावनालाई मध्यनजर गदै महोत्सव आयोजना गर्न लागिएको चन्दले बताए ।
‘शुक्लाफाँटा यहाँको प्रमुख पर्यटकीय स्थल हो, प्रचार(प्रसार गरी यस क्षेत्रमा जोडिएकाहरूको जीविकोपार्जनमा थप सहयोग पु¥याउने ध्येयले महोत्सव आयोजना गरिन लागेको हो,’ चन्दले भने। उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव वासुदेव जोशीले जिल्लाका सबै पर्यटकीय स्थल समेटेर महोत्सव आयोजना गर्नसके थप प्रभावकारी हुने सुझाव दिएका छन्।