Monday, July 26, 2021

यसकारण टुट्योे नायिका वर्षा सिवाकोटीको सविनसंगको लभ !

काठमाडौं – नायिका वर्षा शिवाकोटी यतिबेला चर्चामा छिन् । केही समयदेखि प्रेममा रहेका उनका प्रेमी सबिनजंग थापाले वर्षाले धोका दिएको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल पारेपछि उनको चर्चा चलेको हो ।

अमेरिकाको टेक्सासमा बस्दै आएका सविनजंगले केही हप्ताअघि एक फिल्म निर्माणको घोषणासमेत गरेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पहिलो प्रोजेक्टस्वरुप फिल्म ‘ओभरडोज’ मा जोडिएको बताएका थिए । साथै उनले यो फिल्मलाई लिएर आफू उत्साहित भएको पनि लेखेका थिए ।

सविनले सामाजिक सञ्जालमार्फत वर्षाले आफूलाई धोका दिएको भन्दै आफूलाई अप्ठेरो परेका बेला वर्षाले साथ नदिएको भन्दै लामो नोट लेखेका छन् ।

सविनले आफूले १७ महिनादेखि वर्षालाई प्रेम गरेको तर उनले धोका दिएको लेखेका छन् । उनले वर्षाले धोका दिएपछि आफू डराउन थालेको पनि बताएका छन् ।

‘ठीकै छ, मैले जतिबेला संघर्ष गरिरहेको थिएँ, त्यही बेला छोड्यौ, म मेरो सपनाहरु पूरा गर्नेछु, तिमीलाई पनि गुड लक,’ उनले लेखेका छन् ।

यता वर्षा शिवाकोटीले भने सविनले मिडियामा छाउन आफूमाथि आरोप लगाएको बताएकी छिन् । वर्षाले भनिन् – यसबारेमा मलाई केही बोल्नुपर्छ जस्तो लाग्दैन, ऊ मान्छे कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो, उसले मिडिया एटेन्सन पाउन त्यसो गरिरहेको छ ।

वर्षा र सविन केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । यी दुईले एकअर्कालाई समय दिएका थिए । सविनलाई भेट्न वर्षा अमेरिका पनि पुगेकी थिइन् । यी दुईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमका बारेमा खुलासा गरेका थिए । वर्षाका अनुसार यी दुईबीच केही महिनायता कुरा भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares