Saturday, March 6, 2021

बिबिएल २०२०ः सन्दीपले लिए पहिलो ओभरमै विकेट

मेलबर्न ।
बिग बास लिग (बिबिएल) टी–२० प्रतियोगिता अन्तर्गत होबार्ट हुरिकेन्स र पर्थ स्कोर्चर्सबीचको खेल जारी छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्थले यो समाचार तयार पार्दासम्म ८ ओभर खेल्दै ४ विकेटको क्षतिमा ६८ रन बनाएर खेलिरहेको छ ।

दुई खेलमा विकेटविहीन रहेको सन्दीप लामिछानेले आजको खेलमा विकेट लिएका छन् । पहिलो स्पेलको चौथो बलमा लियम लिभिङ्स्टोनलाई डेविड मलानको हातमा क्याच आउट गरे । यस्तै दोस्रो ओभरको पाँचौँ बलमा मिचेल मार्शलाई एलबिडब्लु धरापमा पारे । मार्श ७ रन बनाउँदै आउट भए ।

यसअघि भएको दुई खेलमा सन्दीपले पर्थ स्कोर्चसविरुद्ध ३ ओभरमा २३ रन दिए भने सिड्नीसँगको ४ २८ रन दिएका थिए । समग्रमा सन्दीपले ७ ओभर बलिङ गर्दा ५१ रन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares