Saturday, March 6, 2021

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ ।

कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। आइएमई लिमिटेडले सञ्चालन गरेको आईएमई भरोसा कोषमा समेत आवद्ध रहेका मृतक गुरुङको परिवारलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी रु.५० हजार रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

आइएमई सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले टिकापुरमा एक कार्यक्रमको आयोजना गरी मृत्यु भएका गुरुङको परिवारलाई रु.५० हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको आइएमई लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जयमुर्ति कोइरालाले बताए ।

आइएमई भरोसा कोष कार्यक्रमका बारेमा उनले मृतकका परिवारलाई जानकारी गराई उक्त रकम उपलब्ध गराएका हुन । आइएमई भरोसा कोष अन्तर्गतको सहयोग रकमको चेक मृतक गुरुङकि श्रीमति नन्दकला कुमारी पुन मगरलाई हस्तान्तरण गरिएको हो ।

कमाउन गएका श्रीमानको मृत्यु हुँदा घरपरिवारमा अनेक समस्या भईरहेका बेला आइएमईले गरेको सहयोग आफ्ना लागी ठुलो राहत भएको मृतककि पत्नी नन्दकलाले बताईन । साथै उनले पिडामा मलम लगाउन सहयोग गर्ने आइएमई भरोसा कोषलाई धन्यवाद दिएकी छिन ।

आईएमई भरोसा कोषको सो रकम मृतककी श्रीमती नन्दकला कुमारी पुन मगरलाई प्रदान गरिएको र उक्त रकमले उनको परिवारमा थोरै भएपनी राहत पुग्ने आइएमई लिमिटेडका कर्मचारी प्रेम शंकर जोशीले बताए ।

आईएमई लिमिटेडका सुदूरपश्चिम प्रमुख सञ्जय मुर्ति कोइराला, आइएमई लिमिटेडका कर्मचारी प्रेम शंकर जोशी र मृतकका आफन्तहरुको उपस्थितीमा उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares