महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ ।
बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यमा स्थापना दिवस सम्पन्न भएको हो ।
गत वर्ष पहिलो पटक प्रथम दिवस स्थापना दिवस मनाइएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य, साँस्कृतिक प्रदर्शन, पुरस्कार वितरण लगायतका कार्यक्रम गरिएका छन् । भीमदत्त नगरपालिकाका उपमेयर सुशिला चन्द सिहको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजेन्द्र सिंह रावल, दोधारा–चाँदनी नगरपालिकाका उपमेयर चिनी गिरी, प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, साहित्यकार बीर बहादुर चन्द, पूर्व वन अधिकृत रमेश चन्द, गायक केशव गिरी, शारदा विद्यापिठका प्रमुख भोजराज जोशी, अधिवक्ता पुनम चन्द, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल लगायतले शुभ कामना मन्तव्य राखे ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले नगरपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा प्रगिति हासिल गर्दै गएको उल्लेख गर्दै नगरको विकासमा संघका साथ र सहयोग हुने धारणा राखे ।
भीमदत्तका मेयर सुरेन्द्र विष्टले मन्त्वय राख्दै नगरको विकास र समृद्धिका लागि सबै क्षेत्रको साथ र सहयोग लिएर अघि बढेको बताए ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी क्षेत्रका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पेशागत संगठनका प्रतिनिधि सहभागी भएका छन् ।
३३ जना सम्मानित
भीमदत्त नगरपालिकाको स्थापना दिवसको अवसरमा ३३ जना सम्मानित भएका छन् । १४ जना नगद पुरुस्कारले सम्मानित भएको हुन ।
गायक, ¥यापर तथा निर्देशक अराज केशव गिरी सहिद गोबिन्द गौतम सीमा सुरक्षा पुरस्कारले सम्मानित भएका छन् । यस्तै सुदूरपश्चिमका अग्रज पत्रकार माधव धामी, राम बहादुर चन्द पत्रकारिता पुरुस्कारबाट सम्मानित भएका छन् ।
उनी महेन्द्रनगरबाट प्रकाशित हुने बिकल्प दैनिकका प्रकाशक/सम्पादक हुन ।
भीनपा–१६ का कृषक लोक बहादुर कार्की, भीनपा–६ का दुर्गादत्त जोशी, भीनपा–६ का बिर बहादुर चन्द, सोही ठाउँका मोहन बहादुर थापा, भीनपा–१८ की पुनम चन्द, भीनपा–१८ नारादेवी जोशी, भीनपा–४ का राजेन्द्र भट्ट, भीनपा–१८ की माया भट्ट, भीनपा–१ का रविन्द्र कुवँर, भीनपा–४ का बलबहादुर खड्का, भीनपा–७ की रेखा जोशी र भीनपा–१६ का रमेश चन्द नगद पुरुस्कारले सम्मानित भएका हुन ।
यस्तै भीमदत्त नगरपालिकाम सेवारत १२ जना कर्मचारी र सेवा निबृत्त ७ जना कर्मचारी पनि सम्मानित भएका थिए ।