Tuesday, March 2, 2021

आइसियुमा उपचाररत कोरोना संक्रमितको मृत्युपछि कार्यरत चिकित्सकमाथि कुटपिट

काठमाडौं ।
कोरोना संक्रमितको मृत्यु भएपछि आइसियूमा कार्यरत चिकित्सकमाथि कुटपिट भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा उपचाररत ६१ वर्षीय कोरोना संक्रमितको मृत्युपछि चिकित्सक कुटिएका हुन् ।

कोरोना संक्रमितको मृत्युपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको एक चिकित्सकले बताए ।बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेका हुन् ।

गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो । बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेपत्ता भएको १८ दिनपछि भेटिएको युवतीको शव पोस्टमार्टम गरिँदै

गुल्मी । गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१...

लोकप्रिय

Shares