Tuesday, March 2, 2021

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् ।

नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भइ निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने,‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भइ पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेपत्ता भएको १८ दिनपछि भेटिएको युवतीको शव पोस्टमार्टम गरिँदै

गुल्मी । गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१...

लोकप्रिय

Shares