महेन्द्रनगर ।
नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ ।
संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् ।
महिला बालबालिका तथा सामाजिक विकास समितिकी सभापति निरु पालको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभाले बुढालाई सभापतिमा चयन गरेको हो ।
यस्तै संगठनको सदस्यहरुमा दिर्घराज भट्ट, उमेश पा(डेय, नवराज जोशी, कमल रोकाया, प्रशान्त भट्ट, नितेश रावल र लोकेश पाल चयन भएका छन् ।
साधारण सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका अध्यक्ष बिर बहादुर थापा (पातल) नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरी प्रसाद भट्ट र कैलाली नेपाल बाल संगठनका सभापति चुडामणि भट्ट लगायतको उपस्थिती रहेको थियो ।