महेन्द्रनगर ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुर्बेदीले तस्करीजन्य गतिविधिलाई पूर्ण रुपमा निस्तेज पार्ने बताएका छन् ।
खुला सीमाको दुरुपयोग गर्दै जिल्लामा हुने तस्करी नियन्त्रण गर्ने एसपी चतुर्बेदीले उद्घोष गरे ।
सोमवार उद्योग बाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै एसपी चतुर्बेदीले जिल्लाको शान्ति, सुरक्षालाई व्यवस्थित गरेर खुला नाकाको दुरुपयोग गर्दै हुने तस्करी नियन्त्रण गर्ने दाबी गरेका हुन ।
‘खुला सीमाको दुरुपयोग गरेर हुने गैरकानूनी तस्करीजन्य गतिविधि पूर्ण रुपमा नियन्त्रण गछौँ । सीमा नाकाका चौकी, बिओपी लगायतसंग समन्वय गरेर यस्ता गतिविधि निस्तेज पार्ने छौँ ।’ उनले भने ।
खुला सीमाको मौका छोपेर कञ्चनपुरमा अवैध तस्करी हुने गरेको छ । एसपी चतुर्बेदी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट सरुवा भएर केही दिन अगाडि मात्रै कञ्चनपुर पुगेका थिए ।
कञ्चनपुर उद्योग वाणिज्य संघले सोमवार एसपी चतुर्बेदी, नम्बर २५ बाहिनी भगतपुरका बाहिनीपती सहायक रथी कृष्णबहादुर जिसी, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीलाई स्वागत गरेको थियो ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् ।