दिनेश धामी÷बझाङ ।
बझाङको वित्थडचिर गाउपालिका–०५ ओसैलबाट प्रहरीले बलात्कार आरोपी पक्राउ गरेको छ । ओसैलकी ८७ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय तारा कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
२७ पौषको राती घरमै वृद्धामाथी जबरजस्ती करणी भएको थियो । घटना पछि फरार रहेका कामीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले बताए ।
घरमा कोही नभएको बेला वृद्धामाथी जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ । वृद्धाको नाक तथा घाँटीमा घाउ छ । उनको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको पीडित पक्षको भनाई छ ।