Saturday, March 6, 2021

सगरमाथामा भारतकोे दाबी गर्ने भारतीय पत्रकार चौधरीलाई खोज्दै रवि लामिछाने! [भिडियो]

महेन्द्रनगर ।

सर्वोच्व शिखर सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीलाई नेपालका पत्रकार रवी लामिछानेले सम्पर्क गरेका छन् ।

न्यूज–२४ को बहुचर्चित कार्यक्रम सिधा कुरा जनतासंगमा अन्तरवार्ता गर्नका लागि पत्रकार लामिछानेले चौधरीलाई सम्पर्क गरेका थिए । यद्यपी चौधरीले पत्रकार लामिछानेसंग अन्तरवार्ता दिएनन ।

पत्रकार लामिछानेसंग अफएयरमा कुरा गर्दै चौधरीले दुई घण्टा पछि अन्तरवार्ता दिने बताएका थिए । तर त्यस पछि लामिछानेले बारम्बार सम्पर्क गर्दा पनि चौधरी सम्पर्कमा आएनन ।

नेपालको बारेमा भ्रमित पार्ने कपोकल्पित सामाग्री प्रसारण गर्ने गरेको जी न्यूजका प्रधान सम्पादक चौधरीले केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिएको थियो ।

अन्तरवार्तामा भारत विरुद्ध कडा हिसाबले प्रस्तुत भएका प्रधानमन्त्री ओलीको चर्चा भयो । त्यसको भोली पल्ट जी न्यूजका प्रधानसम्पादक चौधरी विना अनुमति सगरमाथाको बेसमा गएर सगरमाथामा भारतले दाबी प्रस्तुत गर्नु पर्ने भन्दै एक रिपोर्ट नै तयार पारेका थिए ।

सगरमाथाको विषयमा विवादित अभिव्यक्ति दिए पछि विवादमा मुछिएका चौधरीलाई समसामयिक विषयमा अन्तरवार्ताका लागि पत्रकार लामिछानेले सम्पर्क गरेका थिए ।

दुई घण्टा पछि अन्तरवार्ता दिन तयार भएका चौधरी त्यस पछि सम्पर्कमा नआए पछि लामिछानेले सिधा कुरा जनतासंग कार्यक्रममा चौधरी संगको अफएयर कुराकानी प्रस्तुत गरेका थिए ।
हेरौँ भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares