Saturday, March 6, 2021

वित्थडचिरका विद्यालय बन्द

दिनेश धामी/बझाङ ।
बझाङको वित्थडचिर गाउँपालिकाका केही विद्यालयहरु माघ ४ गते सम्मका लागि बन्द भएका छन् ।

गाउँपालिकामा हिउँदे अधिवेशनले थारु समुदायको महान पर्व तथा सुदूरपश्चिमेलीहरुको महान पर्व माघे सक्रान्तिका लागि ५ दिन बिदा दिएको हो ।

पुष महिनाको एकदमै चिसो मौसममा कोरोनाको जोखिम भएकाले र मकर सक्रान्तिका लागि विद्यालय बन्द गरिएको छ ।

मकर सक्रान्तिको लागि माघ १ गते र २ गते स्थानीय सार्वजनिक बिदा र ३ गते शनिवार परेकाले माघ ४ गते आइतबार विद्यालय खुल्ने गरि बन्द गरिएको भुमिराज आधारभुत विद्यालयका शिक्षक बिष्णु धानुकले बताए ।

बित्थडचिर गाउपालिका–९ स्थित सुनकुडा नमूना माध्यमिक विद्यालय, देवेश्वरी माध्यामिक विद्यालय, महादेव माध्यमिक विद्यालय, केदार माध्यमिक विद्यालय, भुमेश्वरी आधारभुत विद्यालय, शिवभवानी अधारभुत विद्यालय र भुमिराज आधारभुत विद्यालय माघ ४ गते सम्मका लागि बन्द गरिएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares