Sunday, April 18, 2021

बैतडीको बाजपानीमा ट्याक्टर दुर्घटना , एकको मृत्यु दुइजना घाइते

दिनेश धामी ।

बैतडीको सिगास गाउपालिका अवस्थित ९ को बाजपानीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु र दुइजना घाइते भएका छ्न। मृत्यु हुनेमा बझाङ्ग बित्थडचिर ०४ का ४० बर्षिय जितबहादुर बोहरा रहेका छ्न ।

ट्याक्टर चालक बित्थडचिर ५ का ३२ बर्षिय नरेन्द्र महरा दुबै खुट्टा भाचिएका छ्न भने ट्याक्टर सवार बित्थडचिर ४ का कृष्ण बोहराको खुट्टा र टाउको चोट लागे पछि दुबै जनालाइ उपचारको लागि जिल्ला अस्पताल डडेलधुरा पठाएको प्रहरीले जनाएको छ।

धनगढीबाट बझाङ्ग तर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर आइतबार राति २ बजे बाजपानीमा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेपछी उक्त घटना घटेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares