Sunday, April 18, 2021

भुमिराज मन्दिरमा मेला सम्पन्न

दिनेश धामी/ देउलेख ।
बझाङ्गको वित्थडचिर गाउपालिका–५ स्थित भुमिराज मन्दिरमा जात्रा मेला सम्पन्न भएको छ ।

भुमिराज मन्दिरमा गत पुस शुक्ल प्रतिपदादेखि लागेको मेला सम्पन्न भएको हो ।

सो मन्दिरमा प्रत्येक पुस शुक्ल प्रतिपदादेखि नवमीसम्म पुजा आराधाना हुने गर्दछ ।

औशीको दोश्रोदिन अर्थात शुक्ल प्रतिपदाको दिन पुजारीले एकाबिहानै उठेर “धर्म संस्कृति अनुसार चोखो मानिने अग्लो ठाउँबाट माटो ल्याइ मन्दिरमा लिप पोत गर्ने गर्छन् ।

पुजाकोठामा माता भगवतीको प्रतिमुर्ति राखेर गोबर, गहुतले लेपन गरी कलश स्थापना गर्छन् । कलशका वरिपरि नौ वटा देविदेवताका प्रतिमुर्ति राखेर पुजाआजा गरिन्छ ।

हिन्दु धर्मनुसार कलशमै सबै सप्तसागर, सप्तदिप एवम सम्पूर्ण नदिनालाहरु निहित छन् ।

शुक्ल प्रतिपदाको दिन माता भगवती दुर्गाको पुजा गरिन्छ। शुक्ल प्रतिपदादिन देखि नवमीको दिनसम्म पुजाआजा लाग्ने गर्छ ।

नवमीको बेलुका सम्पुर्ण गाउपालिकाभरिका र अन्य ठाउका भक्तजन, भराडी, धामी तथा पुरोहितले पनि अनिवार्य रुपमा उपस्थित हुनुपर्ने प्रचलन रहेको पुजारीले बताए ।

नवमीको रात्री देवताले ओगटेको क्षेत्रभित्रका सम्पूर्ण धामी, भराडी ,अन्य गाउका मुख्य मान्छे बाजागाजा सहित आउने गर्छन् ।

भुमिराज मन्दिरमा दर्शन गरेर मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares