कुमार बोहरा/रमेश बोहरा
देउलेख ।
बझाङको वित्थडचिर गाउँपालिका–९ सुनकुडाका स्थानीय आन्दोलित भएका छन् ।
क्षतिपूर्ति नपाएको भन्दै बसको ठक्करले मृत्यु भएकी सुनकुडाकी २ वर्षीया बालिकाको परिवार आन्दोलित भएको हो ।
गत बिहिवार बेलुका सदरमुकाम चैनपुरबाट महेन्द्रनगर जादै गरेको ना.६ ख. १७९५ नम्बरको बसको ठक्करले २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको थियो ।
पीडक पक्षले एक साताभित्र क्षतिपूर्ति उपलब्ध गराउने भने पनि अहिलेसम्म क्षतिपूर्ति नपाएकोले आन्दोलन गर्नु परेको पीडीत पक्षको भनाई छ । उनीहरुले सुनकुडामा आन्दोलन स्वरुप यातायात सेवा ठप्प पारेका छन् ।