Saturday, March 6, 2021

भीनपामा वडाध्यक्षलाई बाइपास गरेर वडा कार्यालय शिलन्यास !

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ को कार्यालयको भवन वडाध्यक्षसंगको समन्वयबिनै निर्माण हुन थालेको छ ।

वडाध्यक्ष लाल बहादुर शाहीलाई ‘बाइपास’ गर्दै नगरपालिकाले मंगलवार वडा कार्यालय भवन शिलन्यास गरेको छ । भीनपा–१३ साझा चौराहमा आयोजित वडा कार्यालयको शिलन्यास कार्यक्रममा मंगलवार वडाध्यक्ष लाल बहादुर शाही उपस्थित भएनन् ।

वडा कार्यालय शिलन्यास बारे आफूलाई कुनै जानकारी नआएकाले कार्यक्रममा उपस्थित नभएको वडाध्यक्ष शाहीले बताए । ‘वडा कार्यालय शिलन्यास र प्रावधिक पठाउँदा नगरपालिकाले वडासंग समन्वय गरेन । हामीसंग समन्वय नै नगरी भवनको शिलन्यास भएको छ ।’ उनले भने, ‘स्थानीय तहकै एक अंगसंग समन्वय नगरी भवन निर्माण गरिनु विधि अनुरुप छैन् ।’

साझा चौरहामा निर्माण हुन लागेको भवन स्थानीय तहको भवन मापदण्ड विपरित रहेको उनको दाबी छ ।

‘वडासंग समन्वय नगरी अवैध तरिकाले भवन निर्माण भइरहेको छ । मापदण्ड अनुसार नै छैन् । त्यहाँ जमिन सानो छ । भवन निर्माण भइसके पछि पार्किङ्गको स्थान नै छैन् ।’ उनले भने, ‘भवन बनाउँदा त वर्षौसम्मका लागि बनाउनु प-यो नि !’

कार्यपालिका बैठक अवरुद्ध
भीमदत्त नगरपालिका–१३ को भवन निर्माणमा ‘नगरपालिकाले वडा कार्यालयसंग समन्वय नै नगरी मनोमानी’ रुपमा प्रक्रिया थाले पछि विवाद चर्किएको छ ।

यो विवादका कारण मंगलवार बसेको भीनपाको ५३ औँ कार्यपालिका बैठक अवरुद्ध समेत भएको छ । बैठकमा कार्यपालिका सदस्य तथा भीनपा–१३ का वडाध्यक्ष शाहीले यो बिषयमा प्रश्न उठाएका छन् ।

२ बजे सुरु हुनु पर्ने बैठक वडा कार्यालय निर्माणमा समन्वय नगरेको लगायतका बिषयमा असहमती जनाउँदै वडाध्यक्ष शाहीले अवरुद्ध पारेका थिए ।

‘वडा कार्यालय निर्माण हुदा वडाध्यक्ष लगायत कुनै पनि जनप्रतिनिधिलाई जानकारी छैन् । यो विधि संवत भएन भनेर बैठकमा कुरा उठाएको छुँ ।’ वडाध्यक्ष शाहीले भने ।

समितिबाट राजिनामा
नगरपालिकामा विधि अनुसार काम नभइरहेको भन्दै वडाध्यक्ष शाहीले आफू आवद्ध नगरका दुई समितिबाट राजिनामा दिएका छन् । उनी साधन परिचालन समिति र विधेयक समितिमा सदस्य रहेका छन् । मंगलवारको कार्यपालिका बैठकमा दुवै समितिबाट राजिनामा दिएको वडाध्यक्ष शाहीले जानकारी दिए ।

भीनपाले भन्योः काम रोकिन्छ
उता भीमदत्त नगरपालिकाले वडा कार्यालयको भवन शिलन्यास भए पनि तत्काल काम अगाडि नबढ्ने जनाएको छ ।

वडा समिति, सरोकारवाला निकाय तथा जिम्मेवार पक्ष बसेर कार्यालयको स्थान लगायतका विषयमा छलफल गर्ने कार्यपालिका बैठकमा सहमति भएकाले अहिले काम अगाडि नबढ्ने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

‘शिलन्यासका लागि नगर पालिकाकातर्फबाट जिम्मेवार व्यक्ति कोही गएका छैनन् । यो विषयले कार्यपालिका बैठक पनि अवरुद्ध भएको थियो ।’ उनले भने, ‘वडाका जिम्मेवार मानिस बसेर छलफल गर्ने सहमति भएको छ । काम अहिले सुरु हुदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares