Saturday, March 6, 2021

अझै पाएनन् कञ्चनपुरका निजी विद्यालयका शिक्षक, कर्मचारीले तलब

महेन्द्रनगर
कञ्चनपुर जिल्लास्थित विभिन्न निजी विद्यालयहरुमा कार्यरत शिक्षकले २०७७ बैशाख महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

तलब नपाएर आफूहरु बिचल्लीमा परेको निजी स्कुलमा कार्यरत शिक्षकहरुले दुःखेसो पोखेका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरले आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै मंसिर मसान्तभित्र सम्पूर्ण तलब उपलब्ध गराउन अल्टिमेटम पनि दिएको छ ।

‘पटक पटक सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदा पनि शिइाक कर्मचारीहरुका समस्या ज्यूँका त्यूँ छ । विद्यालय सञ्चालकहरु, प्याब्सन तथा एनब्याब्सन गम्भिर देखिएका छैनन् ।’ प्रेस विज्ञप्तीमा भनिएको छ, ‘मंसिर मसान्तभित्र तलब उपलब्भ नगारए विद्यालयहरु अनिश्चितकालीन बन्द गर्ने छौँ ।’

बेलैमा आफ्ना माग सम्बोधन नभए जस्तोसुकै कडा कदम चाल्न पनि आफूहरु तयार रहेको शिक्षकहरुको चेतावनी छ । तलब उपलब्ध नगराउँदा निजी विद्यालयका शिक्षक कर्मचारीहरुलाई बाँच्न नसक्ने अवस्थामा सिर्जना भएको संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका अध्यक्ष चन्द्र सिंह धामीले बताए ।

‘जीवनको अमूल्य समय विद्यालयको उन्नति र प्रगतिको लागि व्यतित गर्ने शिक्षक, कर्मचारीले तलब नपाउँदा बिचल्ली भएको छ । तलब दिनको साटो अझै शिक्षक, कर्मचारीहरुलाई हटाएर रबैया देखाएको छ ।’ उनले भने ।

तलब नपाएको अवस्थामा समेत निरन्तर शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक कर्मचारीहरुको पेटमा विद्यालय सञ्चालकले लात हानेको उनको टिप्पणी छ ।

‘संस्थागत विद्यालयको हकहित तथा उन्नतिका लागि निरन्तर काम गरियो तर अहिले समस्यामा परेको बेला त्यही संस्थाले नहेरेको शिक्षक चेतन बोहराले गुनासो गरे ।

निजी विद्यालय सञ्चालकहरू पारिश्रमिकका विषयमा गम्भीर बन्न छोडेर उल्टै शिक्षक निकाल्ने गतिविधि गरिरहेको भन्दै शिक्षकहरुलाई निकाल्ने काम रोक्नुपर्ने र तत्काल तलब उपलब्ध गराउनु पर्ने शिक्षकहरुकोे माग छ ।

कार्तिक महिनासम्मको नियमित तलब मंसिर मसान्तसम्म उपलब्ध गराउनु पर्ने, शिक्षक, कर्मचारीहरुलाई निष्कासन गर्ने तथा मानसिक टर्चर दिने कार्य बन्द गर्नु पर्ने, नियुक्त पत्र उपलब्ध गराउनु पर्ने, आठ भन्दा बढि पिरियड काम गराएर मानसिक यातना दिने काम भएकाले बढिमा पाँच पिरियड मात्र काम गराउनु पर्ने लगायतका माग शिक्षकहरुको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares