Saturday, March 6, 2021

‘पीसीआर मेसिन सञ्चालनका लागि अन्य पालिका र प्रदेशले पहल गरेन’ [अन्तर्वार्ता]

महेन्द्रनगर ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणका झण्डै चार महिना अगाडि भीमदत्त नगरपालिकाले किनेको पीसीआर मेसिन केही दिनभित्र सञ्चालनमा आउने नगर प्रवक्ता हिमाल बहादुर चन्दले बताएका छन् ।

भीनपा–१७ का वडाध्यक्ष एंवम् नगर प्रवक्ता चन्दसंग पीसीआर मेसिन सञ्चालन लगायत समसामयिक विषयमा कुराकानी गरेका छौँ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

***

पछिल्लो समय भीमदत्त नगरपालिकामा कोरोनाको अवस्था के छ ?

भीमदत्त नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेकैछ । दैनिक जसो ५/७ जनामा कोरोना पोजेटिभ देखिदैछ । भारतीय प्रवेश गर्नेहरु माध्ये कसैलाई कोरोनाको लक्षण तथा पोजेटिभ देखियो भने भारतले फिर्ता पठाउँदै छ ।

उनिहरुको पनि व्यवस्थापन नगरपालिकाले गरिरहेको छ । कोरोनाको लक्षण देखिएका तथा पोजेटिभ भनेर भारतले फिर्ता गरेका अन्य पालिकाका व्यक्तिहरुलाई पनि होल्डिङ सेन्टरमा राखेर उनिहरुको स्वाब संकलन गरि पिसिआर जाँच गरिरहेका छौं ।

अहिले कोरोनाको जोखिम तथा असर कम हुने अवस्था त छैन् । त्यसैले नगरपालिकाले कोरोना रोकथामका लागि विभिन्न प्रयास गर्दै आएको छ । पहिलो हप्ताको २ दिन पिसिआर परिक्षण गर्ने गरेका थियौं ।

अहिले विदेशबाट आउनेहरुको संख्या न्यून भएकाले हप्ताको १ दिन आइतबार कोरोना परिक्षणका लागि स्वाव संकलन गर्ने गरेका छौं । विदेशबाट आउनेहरुलाई होमक्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाएका छौं ।

***

कोरोनाको लक्षण देखिएकाहरुले पनि पिसिआर जाँचका लागि हप्ता दिन कुर्नु पर्छ कि ?

लक्षण देखिएकाहरुको पिसिआर जाँच दैनिक रुपमा हुन्छ । लक्षण देखिएकाहरुको कोरोना परिक्षणका लागि महाकाली अस्पतालको ल्याबमा स्वाव संकलन गरेर परिक्षण भइरहेको छ ।

विदेशबाट आएको भरमा कोरोनाको संक्रमण छ कि छैन ? भनेर जाँच गर्नेहरुको स्वाव संकलन हप्ताको १ दिन हुन्छ । पछिल्लो समय कोरोनाको लक्षण नभएकाहरुको पिसिआर नगर्ने भन्ने कुरा पनि आएको छ ।

लक्षणसहितको पिसिआर तत्काल गर्ने व्यवस्था मिलाएका छौं भने लक्षण नभएकाहरुको अवस्था हेरेर कोरोना परिक्षण गर्छौ ।

***

भीमदत्त नगरपालिकाले कोरोना रोकथामका लागि अहिलेसम्म गरेका प्रयासहरु के–के हुन् ?

भीमदत्त नगरपालिका अन्तराष्ट्रिय नाकाको रुपमा पनि छ । भारत प्रवेश र नेपाल प्रवेश गर्न भीमदत्त नगरपालिकाको प्रयोग गरिन्छ । भीमदत्त नगरपालिकाले देशमा कोरोनाको महामारी सुरु भएदेखि नै हामीले कोरोना रोकथामका लागि विभिन्न प्रयास ग-यौं ।

सुरुवाती चरणमा देखि अहिलेसम्म गड्डाचौकी नाकाबाट आएका करिब १ लाख नागरिकको स्वास्थ्य परिक्षण ग¥यौं । हामीले भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परिक्षणका लागि गड्डाचौकी नाकामा हेल्थडेस्क स्थापना गरि सञ्चालन गर्दै आएका छौं ।

त्यहाँ भारतबाट आउनेहरुको समान्य स्वास्थ्य परिक्षण हुन्छ । त्यहाँ चेकजाँच गर्दा कसैलाई कोरोनाको लक्षण देखियो भने नगरपालिकाको आइसोलेसनमा राखेर स्वाव संकलन गरि कोरोना परिक्षण गर्दै आएका छौं ।

लकडाउन भएपछि कोरोना रोकथामका लागि हामीले नगर प्रमुख ज्यूको संयोजकत्वमा अनुगन तथा निर्देशन समिति गठन ग-यौं । ७ हजार कोरोना प्रभावित परिवारलाई राहत वितरण ग-यौं ।

कोरोना रोकथाम गर्न अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई स्वास्थ्य सामग्री वितरण ग-यौं अहिले पनि स्वास्थ्य सामग्री दिदै आएका छौं । न

गरपालिकाले गर्नुपर्ने सबै प्रयास गरेका छौं । अहिले पनि विभिन्न समिति तथा उपसमिति बनाएर कोरोना रोकथामका लागि नियमित लागि रहेका छौं ।

***
भीमदत्त नगरपालिकाले कोरोना परिक्षणको दायरा बढाउने भनेर पिसिआर मेसिन खरिद गरेको थियो । मेसिन खरिद गरेको पनि लामो समय भयो तर अहिलेसम्म सञ्चालनमा आएका छैन । किन सञ्चालनमा ल्याउनु भएन ?

 कञ्चनपुरका जनताको पिसिआर जाँच गर्ने उदेश्यले मसिन खरिद गरेका थियौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर ३ ओटा ल्याब स्थापना गर्ने निर्णय गरेको थियो ।

डोटी, डडेल्धुरा र कैलालीमा ल्याब स्थापना गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो । प्रदेश सरकारले कञ्चनपुर जिल्लालाई प्राथमिकता दिएन् ।

त्यसपछि कञ्चनपुरका सबै स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति कञ्चनपुरका पदाधिकारी, प्रमुख जिल्ला अधिकारीको बैठकबाट पिसिआर मसिन खरिद गर्ने निर्णय भयो ।

त्यसको अगुवाई जिल्ला समन्वय समितिले ग-यो । सबैको सल्लाह अनुसार भीमदत्त नगरपालिकाले पिसिआर मसिन खरिद गर्ने र अन्य पालिकाहरुले सञ्चालनका लागि सहयोग गर्ने र प्राविधिक सहयोग महाकाली अस्पतालले गर्ने सहमति भएको थियो ।

त्यो अनुसार हामीले पिसिआर मसिन खरिद ग-यौं । तर, अन्य पालिका तथा प्रदेश सरकारले सञ्चालनको लागि पहल गरेन । अहिले पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारलाई नैतिक दवाब परेपछि सञ्चालनका लागि तयारी भइरहेको छ ।

महाकाली अस्पतालले ल्याब निर्माण गरिरहेको छ । अन्य पालिकाहरुले पनि आवश्यक सहयोग गर्दै पिसिआर मसिन सञ्चालनका लागि सबै लगेका छन् । अबको केही दिनमै पिसिआर मसिन सञ्चालनमा आउँछ ।

***

कोरोनाको कारणमा ८ महिनादेखि यहाँका विद्यालयहरु बन्द छन् ? केही पालिकाहरुले विद्यालय सञ्चालनको तयारी गरिरहेका पनि छन् । भीमदत्त नगरपालिकाले विद्यालय सञ्चालनका लागि के गर्दै छ ?

अब विद्यालय सञ्चालन गर्नुपर्छ । विद्यालय बन्द हुँदा विद्यार्थीको पढाईमा असर परेको छ । विद्यार्थीको मनोविज्ञानलाई सुधार गर्नका लागि विद्यालय सञ्चालन गर्नु जारुरी छ ।

सुरक्षाका मापदण्ड पूरा गर्दै नगरपालिकाभित्रका विद्यालय सञ्चालनको तयारी गरिरहेका छौं । विद्यालयको अवस्थाको आधारमा विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सामाजिक दुरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न निर्देशन गरेका छौं ।

***

भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा सञ्चालन गर्ने सिटीभिटीबाट महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाउनुभएको छ । यसको सञ्चालनको तयारी के छ ?

स्थानीय सरकार बनेपछि हामीले प्राविधिक विषयमा जोड दिदै आएका छौं । अहिले सिटीभीटिबाट प्राविधिक विषय पढाईको अनुमति पाएका छौं ।

यो शिक्षालय सञ्चालनका लागि प्राविधिक सहयोग महाकाली अस्पतालले गर्छ भने अन्य व्यवस्थापन नगरपालिकाले गर्छ ।

विभिन्न ६ ओटा प्राविधिक विषयको पढाई यसै वर्षबाट सुरु हुन्छ । अहिले भीमदत्त नगरपालिकाले बैजनाथ माविमा शिक्षालय सञ्चालनको तयारी गरेको छ ।

अहिले ल्याब स्थापनाको काम भइरहेको छ । सीटीभीटीको मापदण्ड अनुसार पढाई सुरु गर्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares