Monday, December 6, 2021

कालीकोटकी नन्दासँग बिहे गर्दै रमेश प्रसाईं, को हुन उनी ?

काठमाडौँ ।

विभिन्न राजनीतिक टिप्पणी गरेर चर्चामा आएका रमेश प्रसाईंले विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो समय गायकको छवि बनाएका उनले कालीकोटकी नन्दा सिंहसँग बिहे गर्न लागेका हुन् ।

आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका रमेश र नन्दा दुवै दृष्टिविहीन हुन् । नन्दा र रमेशबीच ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ ।

इन्द्रेणीमा गायिका कल्पना दाहालसँग दोहोरी गाएर चर्चा कमाएका रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका छन् । उनको स्वरमा सो गीतले युट्युब र टिकटकमा राम्रो फ्यान फलोइङ पाएको छ ।

रमेशसँग विवाह गर्न लागेकी नन्दाले काठमाडौंमै बालआश्रम चलाइरहेकी छन् । उनीहरुले धरानबाट बिहे गर्न लागेको बताइएको छ ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय