Wednesday, October 20, 2021

मिस्टर आरजेको ‘तु माईत जन जाई रे’ को रीमेक सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित गायक तथा ¥यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) ले चर्चित गीत ‘तु माईत जन जाई रे’ को रीमेक सार्वजनिक गरेका छन् ।

शनिबार ‘तु माईत जन जाई रे’ को रीमेक गोल्डेन हिल्स पिक्चर युटुव च्यानल बाट सार्वजनिक भएको गायक राजेन्द्र भट्ट(मिस्टर आरजे) ले बताए ।

‘तु माईत जन जाई रे’ को रीमेक ‘‘तु माईत जन जाई रे’ का ओरिजिनल गायक करन सिंह ऐर बाट लिखित अनुमती लिएर रीमेक निर्माण गरीएको गायक भट्टले जानकारी दिए ।

उनले भने ‘चर्चित गीत ‘तु माईत जन जाई रे’ लाई केहि परिवर्तन गरि आफ्नै सुदूरपश्चिमका पर्यटकिय क्षेत्रमा छायाङकन गरि भिडियो समेत निर्माण गरेका छौ ।’

‘तु माईत जन जाई रे’ को रीमेक राजेन्द्र भट्ट (मिस्टर आरजे)ले गरेका छन् भने, श्वर रमेश बलायर र पुर्णकला बिसीकोे रहेको छ ।

त्यस्तै भीडियोमा पुस्प खड्का,राजेन्द्र भट्ट,ईनु क्षेत्री र प्रोमिञ्जल भट्ट लगाएतले अभिनय गरेका छन् ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय