Wednesday, January 20, 2021

बैतडीमा गौहत्या अभियोगमा पक्राउ परेकाको बयानले प्रहरी चकित !

महेन्द्रनगर ।

गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चाेडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भिरमा फालेको बयान दिएका छन् ।

गत मंसिर ५ गते पुर्चाैडी नगरपालिका–६ भुमिराजको कुवाकोट–सुुईलेक सामुदायिक वनमा १४ वटा गाई मृत फेला परेका थिए ।

रातीको समयमा भिरबाट गाईहरुलाई पालैपालो फालेको भनेर बयान दिएको बैतडी जिल्ला प्रहरी कार्यलयका डिएसपी नारायणप्रशाद अधिकारीले बताए ।

लक्ष्मण पार्कीले पाटन नगरपालिकाबाट २९ वटा गाई बेच्न लैजाने भनेर लगेको र १५ वटा गाईलाई बेचेको बाँकि १४ वटा गाईलाई पाटन नगरपालिकाको टिप्परले ढोल्यामोडसम्म लगिएको र राती हुनासाथ भिरबाट फालेको स्विकार गरेको उनले बताए ।

निज पार्कीलाई गौहत्या सम्बन्धि मुद्धाको प्रक्रिया अगाड बढाईएको डिएसपी अधिकारीले बताए । प्रहरीका अनुसार फरार रहेका अर्का सहयोगी सुुरेश पार्कीको खोजी भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares