Wednesday, January 20, 2021

डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

डडेल्धुरा ।

सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु भएको छ ।

धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपालका अनुसार मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–२ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल रहेकी छिन् ।

पुतलीदेवी मणिलेक ढोब्डेनाको भीरबाट लडेकी नेपालले बताए ।

‘आफ्नो गाउँबाट अर्को गाउँमा झारफुक गर्न जाने क्रममा साथमा १३ दिनको शिशुसहित पुतलीदेवी भीरबाट लडेकी हुन्,’ नेपालले भने, ‘घटनास्थलमै उनीहरुको मृत्यु भएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares