Wednesday, January 20, 2021

नेकपा विवाद साम्य पार्न चिनियाँ शक्ति संक्रिय ! ओलीलाई भेटे पछि राजदूत होउले प्रचण्डलाइ भेटिन

काठमाडौँ ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

प्रचण्डसँग भेटवार्ता गर्न राजदूत हाउ सोमबार बिहान करिब ९ बजे खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग उनले करिब डेढ घण्टा भेटवार्ता गरेको खुमलटार निकट उच्च स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपाभित्रको विवादले विभाजनको रुप लिन लागिरहेका बेला चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ गते काठमाडौं ओर्लंदै छन् ।

यही सन्दर्भमा प्रचण्डलसँग राजदूत होउले छलफल गरेको बुझिएको छ । केही दिअघि राजदुत होउले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

सत्तारुढ नेकपामा पटक पटक विवाद बल्झिँदा चीनले राजदुत होउ मार्फत राजनीतिक स्थिरता र विकासका लागि भन्दै पार्टी विभाजन नगर्न सुझाव दिँदै आएको छ । करिब एक वर्षदेखि चीनबाट उच्च राजनीतिक भ्रमण नभइरहेका बेला रक्षामन्त्री वेइ नेपाल आउन लागेका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् । चीन र भारतबीच सीमा विवाद चर्किरहेका बेला अमेरिका र भारतले पछिल्लो समय यस रक्षा गठबन्धन बढाउँदै लगेका छन् ।

केही समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares